Saturday, July 1, 2006

कुर्दाकुर्दै

छाया बस्ने पीपलुको भुईँमा पात झर्यो
आज पनि दोबाटोमा कुर्दाकुर्दै रात पर्यो

खालीखाली घुम्तीहरु बटो रित्तैरित्तै
आफ्नो कथा सुनाइरहेँ चौपारीको ढुंङ्गासितै
किन यस्तो जिन्दगीले मैमाथि घात गर्यो
आज पनि दोबाटोमा कुर्दाकुर्दै रात पर्यो

बग्ने पानी बगी गयो किनार उदासियो
देउरालीको बताससँगै मन मेरो बतासियो
सिङ्गो खुसी पर्खी बसेँ तर आँसु हात पर्यो
आज पनि दोबाटोमा कुर्दाकुर्दै रात पर्यो


रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment