बलेसीमा पानी तप्क्यो म रोएँ कि आकास रोयो ?
चट्याङ पर्यो यतै कतै मूच्र्छनाले मलाई छोयो
बादलको धेरै पीडा सगरको छातीभरि
पानी बग्यो आँसु बग्यो सँथै रोयौँ रातभरि ?
अँगेनोमा आगो बल्यो म जलेँ कि दाउरा जल्यो ?
हुरी चल्यो यतै कतै मेरो मनको फूल ढल्यो
केको यस्तो आवाज हो थर्किदैंछ रनबन ?
कतै मेरो च्यातियो कि आफ्नै कमजोर मन !
टुक्रिएछ गमला यो म फुटेँ कि माटो फुट्यो ?
आँधी चल्यो यतै कतै मेरो गुँडको चरी उड्यो !
रमेश क्षितिज
गीति संग्रहः आफैँ आफ्नो साथी भएँ

No comments:
Post a Comment