Sunday, June 25, 2006

तृष्णा

यस्तो तृष्णा जाग्यो आज झल्को देख्न पाए पनि
धन्यहुन्थेँ मनको राजा सपनीमै आए पनि

नबिर्सनू भनी देको चिनो सधैँ हेर्दाहेर्दै
ओइलिन्छ कि बैँस मेरो उनको बाटो कुर्दाकुर्दै
कुइनेटोमा  सुसेलेर अर्कै कोही आए पनि
त्यसैत्यसै झस्किन्छु म कोइलीले गाए पनि

तिर्सनाले सुकाउँछ पत्झरको पातजस्तो
दिन पनि अँध्यारो छ वैरागीको रातजस्तो
फर्किनेछु भन्नेले नै मलाई अब भुलेछ कि
झर्नलाई मेरो इच्छा अप्ठ्यारोमा फूलेछ कि


रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment