Tuesday, April 25, 2006

ती पुराना दिनहरु

गोरेटोमा भेट्छु सधैँ यादहरुको जन्ती
कोही गर्थी गुराँस टिपी सिउँरिदिने बिन्ती !

बैंसका ती दिन थिए हरेक क्षण प्यारो
मीठो लाग्थ्यो सँगै रुनु एक्लै हाँस्नु गाह्रो
मलार्य कहीँ चोट लागे उसले दुख्यो भन्गी
आँखाहरु कुरा गर्थे ढुक्ढुकीमा सुन्थी !

सिउँरीदिन्थे रातो गुँरास अलिझरन्थे औँला
डाँडाकाँडा पुरानै ती लाग्थे नौलानौला
बिर्सी गए पाप लाग्ला नभुल्नू है भन्थी
छायाजस्तै पछयाउँछन् रुप अनगिन्ती !

 रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ )

No comments:

Post a Comment