Saturday, April 12, 2014

यस्तो रह्यो २०७० साल फर्केर हेर्दा

हामी यतिखेर ७० सालको विदाई र नयाँ बर्ष ७१ सालको स्वागातार्थ जुटिरहेका छौं । ७० सालको आखिरिमा आएर हामी यो बर्ष आफूले कमाएको कमाईको समिक्षा गरिरहेछौं । धेरैका लागि यो बर्ष त्यती फलदायी भएन होला ।  कतिका लागि मध्यम, कतिका लागि उत्तम त कतिका लागि साह्रै असन्तोषको बर्ष बन्यो २०७० साल ।  गएको सालको समिक्षा गर्ने क्रममा कसरी बित्यो २०७० साल र कस्ता सपना बोकर आउँदै छ २०७१ साल नेपाली स्रष्टाहरुका लागि ।

कवि तथा गीतकार रमेश क्षितिजका लागि यो बर्ष निक्कै महत्वपूर्ण बर्षका रुपमा देखियो । उनले २०७० सालमा महत्वपूर्ण केही साहित्यीक कार्यक्रममा सहभागिता जनाउने देखि थुप्रै सिर्जनात्मक कार्यक गर्न भ्याए। यो बर्ष क्षितिजले केही राम्रा कविताहरु लेखे । केही कथाहरु लेखे र केही कवितासम्बन्धी लेहरु लेखे । २०७० सालमै उनले अजित बरालसँग खस्राङ, सिक्किम, दार्जलिङ् हुदै कालिङपोङसम्मको एक हप्ता लामो भ्रमण गर्न भ्याए ।
यो यात्राले लेखनका लागि थुप्रै विषयबस्तुको सिर्जना गराएको छ रे क्षितिजका मष्तिष्कमा । यात्रामा खुब रमाउने क्षितिजले यसै बर्षको एउटा मध्यान्ह कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा बिताए । बर्दिवासदेखि काठमाण्डौसम्मको रमाईलो यात्रा गरेका उनले चितवन राष्ट्रिय निकुञ्जमा २०७० सालको एक दिन बिताएको बताए । २०७० सालमा क्षितिजले केही सुन्दर सपना देखेका छन् । २०७० सालमा देखिएका ति सपनालाई साकार बनाउने सुरुवात २०७१ सालबाट गर्ने क्षितिजको भनाई छ ।  २०७१ सालमा लेखनलाई बढी समय दिने सङ्कल्प गरेका क्षितिज नयाँ बर्षलाई अर्थपुर्ण बनाउनका लागि केही नयाँ ठाउँहरु घुम्ने तयारीमा छन् ।


आख्यानकार अमर न्यौपाने
युवा आख्यानकार अमर न्यौपानेका लागि २०७० साल मध्यम बर्ष हिसावले बित्यो । २०६८ सालका मदन पुरस्कार विजेता अमर न्यौपाने सृजनात्मक हिसावले ठिकै भए पनि प्रकाशनका हिसावले २०७० साल उपलब्धिपूर्ण नभएको बताउँछन् । २०७० सालमा कम्मर कसेर लेखनमा लागे पनि निकाल्छु भनेर योजना बनाएको किताव प्रकाशनमा ल्याउन सकेनन् उनले । तर उपन्यास ‘सेतो धरती’ ले उनलाई चर्चामै राखिरह्यो । २०७० मा उनले अमेरिका भ्रमण गर्न भ्याए । यो बर्ष उनको ‘सेतो धरती’ ले ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ दिलायो । अमेरिका भ्रमण र ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ पाएको घटनालाई २०७० सालको महत्वपुर्ण घटना बताउने न्यौपाने २०७० मा निकाल्ने योजना बनाएर पनि प्रकाशन गर्न नसकेको किताव २०७१ सालमा निकाल्ने तयारीमा लागेका छन् ।

गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारी
गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीका लागि २०७० साल समग्रमा सुखद र सफल रहयो । तर उनलाई केहि पारीवारीक र सारीरिक समस्याले भने २०७० भरी पिरोली रहयो । २०७० सालमै उनले एकल एल्वम ‘डिभोर्स’ सार्वजनिक गरे । उनले यो बर्ष झण्डै २ दर्जन गीत गजलहरु रेकर्ड गर्न भ्याए । केही सार्वजनिक भए केही सार्वजनिक हुनै बाँकी छन् । २०७० मै आफूले रोयल्टी संकलन समाजका निर्वाचित भएर काम गर्ने अवसर प्राप्त गरेको कुरा अर्थपुर्ण रहेको अधिकारी बताउँछन् । उनले २०७० सालमै ‘एम मिडिया सम्मान २०७०’, गीतकार संघ नेपालले आयोजना गरेको उत्कृष्ट १० गीतकार सम्मान ,लेखक संघको ‘नारायण सल्यानी स्मृति साहित्य पुरस्कार २०७०’ लगाएतका पुरस्कार र सम्मान प्राप्त गरे । आर्थिक हिसावले भने २०७० सालमा त्यति सबल हुन नसकेको बताउने अधिकारीले २०७१ सालको निक्कै आशा गरेका छन् ।

आख्यानकार सुविन भट्टराई
युवा आख्यानकार सुविन भट्टराईको भने २०७० साल सामान्य रह्यो । धेरै दौडधुप र घुमघाममा विताए उनले यो बर्ष । तर अधिल्लो वर्ष प्रकाशनमा आएको उपन्यास ‘समर लभ’ ले उनलाई २०७० सालभरी अधिकांश युवावर्गको हाईहाई बनायो । उनी यहि बर्षबाट कान्तिपुर साप्ताहिकका स्तम्भकार बने । आर्थिक हिसावले भने उनको यो बर्ष सवल रह्यो । अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ आफूले २०७० सालमा गरेको भट्टराईको भनाई छ । ‘समर लभ २’ पनि उनले यसै बर्ष लेखेर सकेका छन् । २०७१ सालमा आफ्ना पाठकका माझ यो किताव सार्वजनिक गर्ने उनको योजना रहेको छ ।

लेखक कृष्ण अबिरल

लेखक कृष्ण अविरलका लागि लेखन र संगतका हिसावले २०७० साल निक्कै उत्साहजनक बर्ष बन्यो । आत्मीयताका हिसावले भने उनका लागि यो बर्ष साह्रै दुःखद बर्ष बन्यो । उनले २०७० सालमा आफ्नी ममतामयी हजुरआमाको सानिध्यता सधैका लागि गुमाए । गरु विकासानन्दको सानिध्यमा रहेर २०७० सालमा उनले आफ्ना धेरै विचारहरुलाई बदले । कस्ता मान्छे सँग संगत गर्नु हुन्छ कस्ता मान्छेसंग हुदैन भन्ने जानेर यसै बर्ष आफूले कतिपय संगत बदलेको बताउने अविरल मान्छेहरु प्रतिको हेर्ने दृष्टिकोण समेत यसै बर्ष बदलिएको बताउँछन् । उनले यो बर्ष नयां पुस्ताका दुई जना लेखकलाई अगाडि ल्याउने मौका पाएको बताउँदै भने ‘लेखनमा पनि केही राम्रा गीतहरु लेखे, जो बजारमा आउने क्रममा छ । रक्तकुण्डको रेकर्ड ब्रेक गर्ने एउटा महत्वाकांक्षी उपन्यास यसै वर्ष सम्पन्न गरें । फिल्मको कथा पटकथा लेखनमा पनि हात हालें । आगामि वर्ष उपन्यास र फिल्मी कथा मार्फत नयां नजिर पक्कै बन्ने छन ।’

गीतकार दिनेश अधिकारी
गीतकार दिनेश अधिकारीका लागि भने २०७० साल सामान्य बर्षका हिसावले बित्यो । उनले यो बर्ष त्यस्ता उल्लेख्य केही काम गर्न भ्याएनन् । उपलब्धी र खरावी दुबै हिसावले अधिकारीको यो बर्ष सामान्य रह्यो । तर यो बर्ष उनले झापा र पोखरामा एकल कविता वाचन गर्न भ्याए । दबै स्थानमा गरिएको एकल कविता वाचन चाही यो बर्षको ठुलो उपलब्धीका रुपमा रहेको अधिकारी बताउँछन् । लेखनका हिसावले सामान्य रह्यो उनको यो बर्ष । ५ ६ वटा गीत रेडक गराएका अधिकारीका लागि आर्थिक, सामाजिक र मानसिक हिसावले मध्यम बर्ष बन्यो २०७० साल ।

कवि मनोज बोगटी
कवि मनोज बोगटीको भने यो बर्ष निक्कै खुशीको बर्ष बन्यो । २०७० सालको दोडानमा उने ७ स्थानमा एकल कविता वाचन गर्न भ्याए । सडक कविता मार्फत आममानिस संग काव्य सम्वाद गर्दै यसै बषै उनी बिभिन्न स्थानमा पुगे । अहिले सम्मकै सबैभन्दा उपलब्धीपूर्ण र उत्तम बर्षका रुपमा २०७० साल बेतीत गरेको बताउने बोगटीले यो साल निक्कै राम्रा किताव अध्ययन गरेको बताएका छन् ।

गीतकार योगेन्द्रमणी दाहाल
गीतकार योगेन्द्रमणी दाहालका लागि पनि यो बर्ष सुखद बर्ष रह्यो । २०७० सालमा उनले २ वटा एल्वम बजारमा ल्याए । त्यसोत उनले यस बर्ष मिलन अमात्य, अन्जु पन्त, स्वरुपराज आचार्यलगायतका गायक गायिकासंग केही फुटकर गीतहरु पनि रेकर्ड गराउन भ्याए । उनको ‘पग्लिसके म’ बोलको गीत यो बर्ष चर्चामा रह्यो । २०७० सालमा उनले ‘स्मृती २’ नामको एल्वम तयार पारेका छन् । एल्वम तयार भए पनि सार्वजनिक भने गर्न नभ्याएको बताउने दाहाललाई २०७१ सालले यसै एल्वमले चर्चामा राख्ने अनुमान छ ।

प्रस्तुती: राधिका अधिकारी
२०७०  चैत्र  २९, शनिबार
ENN Nepal 

No comments:

Post a Comment