Saturday, January 18, 2014

रुमाल भेटेपछि कविता

कविका कुरा

दुईवटा कविताकृति निकालिसकेका कवि रमेश क्षितिज एउटै कविता छान्न पर्दा गाह्रो मान्छन् । तैपनि उनलाई आफ्नौ कवितामध्ये मनपर्ने एउटा कविता 'लडाकुको रुमाल' हो । केही दिनअघि उनले काठमाडौको कविता वाचनमा पनि त्यो कविता सुनाए । त्यो कविता रमेशले रोल्पामा छंदा लेखेका हुन् । उनले त्यो कविता ०६८ सालवरपर लेखेका हुन् । त्यतिबेला क्यान्टोनमेन्टबाट केही पूर्वलडाकु फर्किरहेका थिए, स्वेच्छिक अवकाश लिएर । एकदिन उनी दाड०बाट रोल्पा जांदा दहवनमा एउटा रुमाल भेटे चिया पसलमा । चिया पसल्नी दिदीले त्यो रुमाल पूर्वलडाकुको हो भनिदिइन् । त्यसले जन्माइदियो रमेशको कविता ।
उनी त्यो सांझ राम्रोसंग निदाउन सकेनन् । भोल्पिल्ट पनि त्यही रुमाल सम्झे । त्यसपछि भएन भनेर कविता लेख्न थाले । रुमालसंग जोडिएका हुनसक्ने सम्झना, रुमालले पुछेको पसिनाले झितिजको कविता जन्माइदियो । उनले त्यो कविता एकै सिटिड०मा लेखेका हुन् । कविता वाचन कार्यक्रममा पनि त्यो कविता वाचन गरेपछि रमेशमा नयां उमंग देखिएको थियो । लडाकुले छुटाएको एउटा रुमालले त राम्रो कविता जन्माइदियो भने क्षितिजले पूर्वलडाकूले बीचमै छाड्नुपरेको सपनाबारे सोचे भने कस्तो कविता लेख्लान ?


नयांपत्रिका
शनिबार, ४ माघ २०७०

No comments:

Post a Comment