औजार संवाददाता
धरान । कवि रमेश क्षितिजको कवितामाथि आउँदो माघ २७ गते धरानमा चर्चा साथै एकल कविता वाचन हुने भएको छ । फ्यान क्लब धरानले क्षितिजका कविताहरुसंग हामी शीर्षकमा साक्षत्कार एवं कविता वाचन गर्न लागेको हो ।
प्रतिभाशाली स्रष्टाहरुको सम्मानार्थ साक्षात्कार कार्यक्रम गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी आयोजक फ्यान क्लबले जनाएको छ । स्रष्टाको सृजनालाई सम्मानका लागि क्षितिजका कवितालाई चयन गरिउको सदस्य कमला लिम्बूले बताइन् । क्षितिजका कवितामा मौलिक शव्दसंयोजन शील्प, नवीन काव्यशैली, विशिष्ट अभिव्यक्ति सौन्दर्य भएकाले पनि क्षितिजको कवितामाथि चर्चा गर्न लागिएको बताइन् । साहित्यमा रुचि राख्ने पाठकहरुले फ्यान क्लब गठन गरी पहिलोपटक क्षितिजको कवितामाथि चर्चा गर्न लागेको हो । कविता भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउने गरेका छन् तर, कविताका पनि पाठकहरु छन् भन्ने सन्देश दिनका लागि क्षितिजका कवितामाथि चर्चा गर्न लागिएको सदस्य पञ्चमाया ताम्लीले बताइन् । हालसम्म क्षितिजका 'अर्को साँझ पर्खेर साँझमा' र 'घर फर्किरहेको मानिस' कविता संग्रह प्रकाशित छन् ।
पुख्र्यौली सल्यान र हाल दाङका कवि क्षितिजको कवितामाथि चर्चा कवि मनु मञ्जिलले गर्ने कार्यक्रम रहेको आयोजक फ्यान क्लबले जनाएको छ । लेखन तथा पठनलाई बढोत्तरी, स्रष्टा पाठकलार्य जोड्ने पुलको निर्माण, कविता अनुरागीलाई संगठित बनाउने साथै स्रष्टाको सम्मानका लागि फ्यान क्लबले आगामी दिनमा निरन्तर यसरी नै कार्यक्रम अन्तर्गत फ्यानक्लब अफ रमेश क्षितिज नाम दिइएको छ ।
Aujar
Daily, January 29, 2013
मंगलबार, माघ १६ गते, २०६९
No comments:
Post a Comment