Monday, September 17, 2012

क्षिजितलाई मोहन रेग्मी सम्मान

भाद्र ३१ - 

काठमाडौं -कास)- नेपाल स्रष्टा समाजले कवि तथा गीतकार रमेश क्षितिजलाई सम्मान गरेको छ । आइतबार समाजले क्षितिजलाई १५ हजार रुपैयाँ सहितको 'मोहन रेग्मी स्मृति सम्मान' प्रदान गरेको हो । क्षितिजलाई सिक्किमबाट आएका स्रष्टा वीरभद्र कार्की ढोली र पुरस्कारका संस्थापक कल्पना प्रधानले पुरस्कार हस्तान्तरण गरे । साहित्यकार कल्पना प्रधानले बुबा मोहन रेग्मीको नाममा स्थापना गरेको पुरस्कारबाट अहिलेसम्म दर्जनबढी स्रष्टा सम्मानित भइसकेका छन् । 

कार्यक्रममा साहित्यकार हरि अधिकारीले क्षितिजको व्यक्तित्व र कृतित्वमाथि चचर्ा गरे । मनछुने बिम्ब निर्माण र लोभ्याउने लेखन शैलीले क्षितिजलाई 'अब्बल कवि'को रूपमा उभ्याएको दाबी गर्दै अधिकारीले समकालीन कविहरूमध्ये क्षितिज अग्रपंक्तिमा रहेको दाबी गरे । 'आञ्चलिक बिम्बलाई राष्ट्रिय रूपमा स्थापित गराई पाठकको मनमस्तिष्कलाई प्रभाव पार्नु उनको अर्को विशेषता हो,' अधिकारीले भने । रोल्पाका स्थानीय विकास अधिकारी समेत रहेका क्षितिजका 'अर्को साँझ पर्खेर साँझमा' कविता संग्रह, 'आफ्नो साथी आफैं भएँ' गीत संग्रह, 'क्षितिज' गीति एल्बम प्रकाशित छन् । क्षितिजले साहित्य साधना भनेको ध्यान जस्तै भएको दाबी गर्दै सकारात्मक मानसिकता र चेतना निर्माणका लागि साहित्यले सघाउने बताए । 

नगेन्द्रराज शर्मा, राजेन्द्र पराजुली, शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई लगायतले टिप्पणी गरेको कार्यक्रममा वीरभद्रको 'समय र जितमान' कथासंग्रहको नगेन्द्रराज शर्माले र कल्पना प्ा्रधानको बालउपन्यास 'महारानी पुन्यवती'को वीरभद्रले सार्वजनिक गरेका थिए । भारतीय नेपाली स्रष्टा वीरभद्रले पछिल्लोपटक सिक्किम, दार्जिलिङ, असम लगायतका थलोमा नेपाली साहित्य विकासको चेतना विस्तार भइरहेको बताए । 


प्रकाशित मिति: २०६९ आश्विन १ ०८:५८

No comments:

Post a Comment