Tuesday, April 18, 2006

पहिलो भेट

राप्तीको किनारामा सुनगाभाको फूल फूल्यो
तिमीसँग भेट के भो जिन्दगीको अर्थ खुल्यो

थोरै सुनेँ धेरे बुझेँ तिम्रा मीठा कुराहरु
संगीतको प्यास जाग्यो बजाइदेऊ न चुराहरु
कालो कपाल फिँजारिदा बटुवाले बाटो भुल्यो
तिमीसँग भेट के भो जिन्दगीको अर्थ खुल्यो

यस्तो साथ भेटियो कि दुःखहरु सुख बन्छन्
सायद यस्तै भेटलाई मान्छेहरु माया भन्छन्
पर्खाल नाडी आज यो मन सपनाको देश डुल्यो
तिमीसँग भेट के भो जिन्दगीको अर्थ खुल्यो


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment