Saturday, July 11, 2020

‘ए, त्यो त मैले उहिले पढेको’

पठन-संवाद

‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७) र ‘घर फर्किरहेको मानिस’ (२०६८) कविता संग्रह अनि ‘आफैँ आफ्नो साथी भएँ’ (२०६३) गीत संग्रहका लेखक रमेश क्षितिज कविता र गीतको क्षेत्रमा स्थापित नाम हो। प्रस्तुत छ, क्षितिजसितको पठन-संवाद  : 

कत्तिको फुर्सदमा हुनुहुन्छ ? 
फुर्सद र व्यस्त दुवै छु भनेजस्तो भएको छ। जुन जिम्मेवारी बहन गरिरहेको छु, त्यसमा साँझ, बिहान, बेलुकी र बिदाको दिन भन्ने अवस्था छैन। त्यसमा पनि अहिले जटिल अवस्थामा बाढी-पहिरोलगायतका विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र यससँग सम्बन्धित व्यवस्थापनका लागि बढी व्यस्त रहनुपर्ने अवस्था छ। तर, बचेको टुक्राटाक्री समय चाहिँ फुर्सद नै हो।

Thursday, July 14, 2016

‘सरकारी कवि’ भन्छन्- शासनले कविता सुन्दैन' - यी हुन् सरकारी सेवामा जोडिएका स्रष्टा

जोतारे धाइबा


सिंहदरबार धेरैको लागि पर्खाल हो । एउटा रहस्य जस्तो । त्यहाँभित्र पाक्ने खिचडीमा कहिल्यै पहुँच भएन भनेर दूरदराजका भोको पेटहरूले सधैं बिलौना गाइरहन्छन् ।

खासमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा जनताको आशा र भरोसा टिकेको छ । तर, जनतालाई दिनुपर्ने सेवा-सुविधा, गर्नुपर्ने विकासका काममा सरकार र त्यसभित्रका मान्छेले आँखा चिम्लिने गरेको आम बुझाइ छ ।

मान्छेहरुको आँखामा बसेको सिंहदरबारको विम्ब रुखो र बेमतलबी भए पनि त्यहीँभित्र थुप्रै कवि मन फले-फुलेका छन् । पूर्वमुख्यसचिव विमल कोइराला, भोजप्रसाद घिमिरे, सचिव भएर रिटायर्ड भएका दिनेश अधिकारी, शंकरप्रसाद कोइराला (एस्पी कोइराला) ले कविता तथा गीतबाट मानवीय संवेदना र सपनाको कुरा गरेका छन् ।

Tuesday, January 19, 2016

शब्द र आत्मविश्वास

 बुद्धलाई तपस्या बाट फर्केपछि साेधियाे ।
"तपस्या गरेर के पाउनुभयाे ? 
हाड़ छाला मात्र बाकि छ । शरिर नै ठीक छैन तपाईकाे ।" 
बुद्धले भने " हाे तपाईकाे कुरा ठीक हाे मैले पाईन मैले गुमाए ,
ईर्ष्या गुमाए , द्वेष गुमाए,लाेभ गुमाए र अन्य धेरै कुरा जाे म संग भएका गुमाए , म त निर्मल आकाश जस्ताे भए । "

शब्द छ र आत्मविश्वास छ भने कस्ताे असर पार्छ भन्ने कुराकाे सानाे उदाहरण दिदैGhostWriting Nepal अन्तरगत चलेकाे सिर्जनात्मक लेखन प्रशिक्षणमा कवि रमेशRamesh Kshitij ले भनेका कुरा हुन यी । यही कुरा साहित्यमा जाेडदै उनले भने " हामी मान्छेकाे जीवन बदल्ने कथा कविता लेख्ने कि नलेख्ने ? " मानिसकाे जीवन परिवर्तन गर्छ किताबले । 

त्यस्ताे कविता कथा लेख्नुपरयाे । जीवन बाच्न प्रेरणा दिने साहित्य लेख्न परयाे । जीवनकाे दृष्टिकाेण र बिचार बदलेर जीवन बॉच्न सिकाऊने साहित्य आजकाे आवश्यकता हाे भन्ने कुरा एकदम सहि लाग्याे ।
कवि Ramesh Kshitij काे जीवनबादी दर्शन हुन्छ ,कवितामा ।
उनी सत्तालाई प्रेम वा श्राप गरेर कविता लेख्दैनन । मान्छेकाे जीवनका अन्तस्करणका कविता लेख्न खाेज्छन । लेखिरहेका छन ।
गीत पनि १०० भन्दा बढी लेखिसके । प्रशासनमा उपसचिव हुन । घर ब्यबहारमा पनि छरिएका छन । सबैतिर हुदा पनि ऊनी कवितामै मात्र हुन कि जस्ताे लाग्छ । गीतमै मात्र हुन कि जस्ताे लाग्छ ।
साथी nanda ram kandel ले प्रश्न गर्नु भयाे
तपाईलाई काे कवि मन पर्छ ? 
याे प्रश्न कविका लागि जटिल हाे । उनले मन फुकाएर उत्तर दिए । समकालीन सबै कवि र आफु भन्दा जूनियर कवि हरु र बरिष्ठ कविका नाम लिए भन्दैथे " मलाई त १५ मिनट लाग्छ कविका नाम लिन ।"
यसले उनकाे फराकिलाे छाति देखिन्थ्याे । आफ्ना कविता बाहेक अरुकाे कवितै हाेईनन भन्ने " चिकेन हर्ट " कविहरुलाई " लेसन " पनि ।
कवि मनकाे डक्टर हाे । उसले दिनद्नै मनलाई उर्जा दिने कविता लेख्न पर्छ भन्ने उनकाे मान्यता रहेछ ।
कविता हज्जाराै बर्ष बाच्छ । कवि एक जुनी मात्र । भन्दैथे " कविता त्यस्ताे लेख्न खाेजिरहेछु थाहै नपाई त्यसले तानिरहाेस ।"
Facebook Status
GhostWriting Nepal
19 January 2016

Sunday, August 16, 2015

कवि मनको डाक्टर

प्रेम र कविताका कुरा गर्दा उनले एक जोक सुुनाए ।
एक पतिले आफ्नी श्रीमतीलाई भनेछन् । ‘बूढी मलाई एकदम छाती दुुखेर आयो’
पत्नीले भनिन्– ‘ए हो लौन के भयो ?’
पतिः अइया अइया मरें ।
पत्नीः खोई तपाईंको मोबाइलको पासवर्ड दिनुुस् त, डाक्टरलाई फोन गरौं ।
पतिः ‘बूढी अहिले त अलि ठीक भएर आयो । बिस्तारै सन्चो होला जस्तो छ, भो पर्दैन डाक्टरलाई फोन नगर ।’
कवि रमेश क्षितिजले भनेको जोक हो यो ।
आफूलाई भुुलिरहें, बिर्सनेलाई सम्झिरहें
के के सोचें रातभरि ब्युुझिरहें, ब्युुझिरहें,
जिस्काइर≈यो जुुनेलीले बतासले पोलिर≈यो
उध्रिएको छातीभित्र रातले बल्छी खेलिर≈यो

यो गीत सुुनाएपछि गत बुुधबार घोस्ट राइटिङ नेपालद्वारा आयोजित सिर्जनात्मक लेखन प्रशिक्षणमा सहभागी राजन सिम्खडाले क्षितिजलाई प्रश्न गरे– ‘यति राम्रो गीत कसरी रच्नुुभयो ?’ उत्तर त्यही जोक थियो । मोबाइलभित्र धेरै कुरा रहेजस्तै जीवनमा पनि छन् । संकेत जोकमै थियो उनको ।

Wednesday, August 12, 2015

एक फरक कवि संग अाजकाे बिहान

फरक हुन नै रमेशले नामकाे पछि क्षितिज थपे ।
सल्यानकाे क्षितिज दांगमा उघ्रियाे ।
दागकाे क्षितिज काठमाडाैमा छ्यांग भयाे ।
काठमाडाैकाे फराकिलाे क्षितिजमा उनले एलएलएम गरे ।
कवि भए । गीतकार बने । अफिसर बने ।
जीवनका बारे गहिराे गरि बुझ्ने । अाशा देखाउने । मान्छेमा बिश्वासकाे ट्रान्सफर्मेशन गर्ने । यस्ताे लेख कविता र गीत लेख्ने उनकाे बाेली तिर्खा लागेकाे बेला मिठाे पानी खाईरहे झै लाग्थ्याे । नसकिअाेस भन्दा भन्दै कक्षा सकियाे । अावाजहरू मनमा बसेका छन । उर्जा थप्ने ती अमृत अावज साहित्यका लागि भन्दा जीवनका लागि थिए । ठयाक्कै साहित्य जस्तै स्वादिलाे र अानन्ददायक

Tuesday, August 4, 2015

साया

याद हैं – अभी भी याद हैं
शदीद गर्मी के वह दिन

चढ़ते हुए वादियों में आए थे तुम
अलसाते हुए साये में देखा दूर उफ़ुक
पोछा माथे का पसीना और दूर कि गर्दे सफ़र

याद करता हूँ – नदी-सा तुम्हारा सफ़र
और, मेरा साहिल-सा जीवन – एक साथ याद करता हूँ !

Saturday, June 27, 2015

अनुहार हराएको अनुहार

‘हेर्नुस्न, मैले त आफ्नो अनुहार नै हराएँ । यसपाला दसैंमा गाउँ जानुछ तर अनुहार हराएपछि साथी–आफन्तलाई कसरी भेट्नु ? टीका कसरी लगाउनु ? सबभन्दा ठूलो कुरा त बा–आमालाई कसरी आफ्नै परिचय दिनु । म त साह्रै अप्ठ्यारोमा परें ।’


रमेश क्षितिज
असार ११ - 

(आदरणीय पाठकलाई म आग्रह गर्दछु– बिहानको समय पत्रिका पल्टाउँदै चिया पिइरहेको एक व्यक्तिको आकृति र टेबुलमा फिँजारिएका विभिन्न पत्रिकाको दृष्य कल्पना गर्नुहोस् र हामी कथा सुरु गरौं ।)

‘हजुर... हजुरलाई एकदम छिटो बोलाएर ल्याउने भन्नु भ’को छ । उहाँको अनुहार हरायो भनेर घरमा हल्लिखल्ली भइरहेको छ ।’

एउटा किशोरले दौड्दै आएर भनेपछि एकछिन त म रनभुल्लमा परेँ । उहाँ भनेको को ? अनुहार हराएको भनेको के हो ? यस्तै प्रश्नहरू मनमा आइरहँदा उसले आफू आएको घर औंलाले देखायो । त्यो एक उच्च पदस्थ व्यक्तिको घर थियो जससंँग मेरो खासै निकटता थिएन । एउटै टोलमा बस्ने भएकाले आक्कल–झुक्कल भेट भने हुन्थ्यो । 

Saturday, February 21, 2015

जिन्दगी

बिहानै-बिहानै
बेतोडले -दौड्दै गयो एक मानिस आँखाअघिबाट
बाटोमा- भेलाभएर गर्न थाला सबैले
एक अर्कालाई प्रश्न को थियो त्यो मानिस दौडिरहेको ?

थियो कि त्यो एक राजबन्दी
वा जेल तोडेर भागेको कुनै विद्रोही कैदी
वा परिस्थितिले पाकेटमार बनाइसकेको
एक होनहार युवक ?

Tuesday, October 14, 2014

क्रियटिभ राइटिङमा कवि रमेश क्षितिज


क्रियटिभ राइटिंग
रमेश क्षितिज आजको क्रियटिभ राइटिङका पाहुना हुनुहुन्थ्यो । आजका कवि र कविताबारे बढो रसिक पारामा कक्षा संचालन भयो ।

Saturday, September 20, 2014

लाखौ योगनरेन्द्र

आउछु भनेर हिडेको मानिस 
किन फर्किएन कहिल्यै -

रहस्य भएर बाँचिरहेको छ एक प्रश्न इतिहासमा
तर हराएर गएको चङ्गाझै वेपत्ता छ राजा
विहे गरेर भोलिपल्ट फर्केको
सैनिककी अर्धाङ्िगनीझै सुनसान छ - दरवार

उ आउला भनेर प्रत्येक साँझ
ओछ्याईएको छ - विछ्यौनामाथि सफा तन्ना
खुल्लै राखिएको छ झ्याल
र ढोकामा राखिएको छ - एकजोर खराउ
प्रत्येक दिन यात्री भएर - समय
हिडिरहेको छ उसबेलादेखि अन्तहिन प्रतिक्षाको सुरुङ !

Saturday, June 7, 2014

क्रमशः सपनाहरू

काठमाडौ, जेष्ठ २३ - 

रमेश क्षितिज
संयोगले आजका प्रमुख अतिथि तेक्वान्दोका पूर्वखेलाडी हुनुहुन्छ । हाम्रा लागि यो अत्यन्तै खुसीको कुरा हो । उहाँका समकालीन साथीहरू यहाँ प्रशिक्षकका रूपमा पनि उपस्थित हुनुहुन्छ ।' उद्घोषकले यसो भनेपछि मञ्चमा आसीन जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूलेे अलि आश्चर्य मानरे मतिर हेर्न थाल्नुभयो । 

अप्रत्यासित सूचनासहितको उद्घोषणले मलाई पनि बेग्लै अनुभूति दियो । हाम्रा प्रायः कार्यक्रमहरूमा अनिवार्य मानिने आसन ग्रहण, भाषण ग्रहण र रासन ग्रहण -जलपान) मध्ये पहिलो चरणमा थियौं हामी । म थोरै मुस्कुराएर आसनमा बसें । कार्यक्रम सञ्चालन हुँदै थियो, खेलका केही 'इभेन्ट' प्रस्तुत हुँदै थिए । यसबीच मैले भने जीवनलाई सुदूरबाट फर्केर हेरिरहेँ । र, आफ्ना स-साना सपनाहरूलाई उत्खनन गर्दै मानस यात्रामा निस्किएँ ।

oooo

Saturday, May 17, 2014

लेखन साधना हो, आराधना हो

रमेश क्षितिज समकालीन नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । विशेषगरी कविता र कथा लेखनमा कलम चलाइरहेका क्षितिज आफूलाई कविका रुपमा परिचित गराउन चाहन्छन् । अर्को साँझ पर्खेर साँझमा (२०५७), घर फर्किरहेको मानिस (२०६८) कविता सङ्ग्रहका साथै क्षितिज गीति एल्बमलगायतका रचनाहरु प्रकाशन गरिसकेका क्षितिजसँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले गरेको कुराकानी ।

कानूनको विद्यार्थी भएर पनि तपाईं साहित्यमा कसरी प्रवेश गर्नुभयो ?


जीवन कैयौं संयोगहरुको श्रृंखला हो । स्कूलमा विज्ञान र अप्सनल म्याथ लिएर पढेको थिएँ । विज्ञान वा साहित्य पढ्थें हुँला । त्यसो त कानूनको विद्यार्थी हुनुअघि नै म साहित्यको विद्यार्थी थिएँ । फेरि कवि, कलाकार हुनु भनेको कुनै कोर्स वा उपाधि पनि होइन ।

Thursday, May 15, 2014

जीवनगीत

कहाँकहाँ पुग्छ जीवनको बाटो
कहिल्यै तिमिले थाकेँ नभन्नू
सधैँ हाँस्न सिक्नू
हारेर गुहार मागेँ नमन्नू
लत्रेर टाढा भागेँ नभन्नू !

कठिन छ यात्रा शिखर त्यो टाढा छ
नहिँड्नेहरुलार्ई पाइलामै बाधा छ
जसले जीउन जान्यो उसकै हो संसार
निरास भएर रोएँ नभन्नू
खुसी बाँड्दै हिँड्नु दुःख छोप्दै हिँड्नू
उदास एक्लो भएँ नभन्नू

Saturday, May 10, 2014

बेग्लै भए बाटाहरु


एल्बम: क्षितिज
शव्द: रमेश क्षितिज
स्वर: रीमा गुरुंग होडा
संगीत: सन्तोष श्रेष्ठ

Friday, April 25, 2014

जन्मदिनको शुभकामना


 बैशाख १२ गते तदनुसार  25th April  मा कवि रमेश क्षितिजको जन्मदिन
तपाईलाई जन्मदिनको अनन्त शुभकामना, लाखौ लाख वन्दना..
 (शुभकामना भरी ...... Singer- Reema Gurung Hoda )
https://www.youtube.com/watch?v=540RzIphQ9I&feature=share 

Saturday, April 12, 2014

नयाँ वर्ष

बर्सेनि आउँछन् प्रमुख अतिथिजस्ता नयाँ वर्षहरु
र विमोचन गरेर जान्छन्
रंगीन सपनाका नवीनतम संग्रहहरु

समारोह विसर्जनपश्चात सबै आआफ्नो  घर फर्किसकेको
सुनसान स्थलजस्तो जिन्दगीले पल्टाउँछ निलो डायरी
र पढ्न थाल्छ विगतको दैनिकी
वा एक टुक्रा आत्मकथा

यस्तो रह्यो २०७० साल फर्केर हेर्दा

हामी यतिखेर ७० सालको विदाई र नयाँ बर्ष ७१ सालको स्वागातार्थ जुटिरहेका छौं । ७० सालको आखिरिमा आएर हामी यो बर्ष आफूले कमाएको कमाईको समिक्षा गरिरहेछौं । धेरैका लागि यो बर्ष त्यती फलदायी भएन होला ।  कतिका लागि मध्यम, कतिका लागि उत्तम त कतिका लागि साह्रै असन्तोषको बर्ष बन्यो २०७० साल ।  गएको सालको समिक्षा गर्ने क्रममा कसरी बित्यो २०७० साल र कस्ता सपना बोकर आउँदै छ २०७१ साल नेपाली स्रष्टाहरुका लागि ।

कवि तथा गीतकार रमेश क्षितिजका लागि यो बर्ष निक्कै महत्वपूर्ण बर्षका रुपमा देखियो । उनले २०७० सालमा महत्वपूर्ण केही साहित्यीक कार्यक्रममा सहभागिता जनाउने देखि थुप्रै सिर्जनात्मक कार्यक गर्न भ्याए। यो बर्ष क्षितिजले केही राम्रा कविताहरु लेखे । केही कथाहरु लेखे र केही कवितासम्बन्धी लेहरु लेखे । २०७० सालमै उनले अजित बरालसँग खस्राङ, सिक्किम, दार्जलिङ् हुदै कालिङपोङसम्मको एक हप्ता लामो भ्रमण गर्न भ्याए ।

Tuesday, April 8, 2014

आर्काइभमा स्रस्टा

धरान, चैत्र २४ -

विश्व प्रख्यात सेलिब्रेटी लेखकबारे सूचना खोज्नु पर्‍यो भने गुगल जिन्दावाद ! त्यसमाथि निःशुल्क इन्साइक्लोपेडियाको रूपमा विकिपेडिया हाजिर छ । पाउलो कोयलो खोज्ने कि हारुकी मुराकामी ? अथवा सन् २०१२ मा नोबेल साहित्य पुरस्कार पाएका छिमेकी चीनका लेखक मो यानको नालीबेली खोतल्नु छ भने पनि विकिपेडिया निकै भरपर्दो माध्यम बन्न सक्छ । नेपाली स्रष्टाको हकमा भने एकाध बाहेक विकिपेडियाले खासै सहयोग पुर्‍याउने छैन । यस्तैमा मोफसलको एउटा साहित्यिक संस्थाले नेपाली स्रष्टालाई विकिपेडियामा व्यवस्थित गर्ने प्रयास गरेको छ । धरानको केही जुझारु साहित्यप्रेमी तन्नेरीको पहलमा डेढ वर्षअघि स्थापना गरिएको फ्यान क्लब अफ रमेश क्षितिजले यस्तो काम थालेको हो ।